पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु
lokaantar.com

धनुषामा पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-२४ कटैया चौरी बस्ने जलाउदिन मन्सुरीको छोरा १४ वर्षीय आरिफ मन्सुरीको सोही ठाउँस्थित पटनोचनी पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।