बझाङमा एमाले उम्मेदवार भण्डारी विजयी
nayapatrikadaily.com · Mon Apr 29 08:08:00 UTC 2024

बझाङ १ (१)मा एमालेका दमन भण्डारी निर्वाचित भएका छन्। भण्डारीले निकटतम् प्रतिस्पर्धी कांग्रेसका अभिषेक शाहलाई पराजित गर्दै विजयी भएका हु्न्।
उनले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार सिंहले १० हजार नाै सय मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले तीन हजार आठ सय मत ल्याए भने एकीकृत समाजवादीका दिलबहादुर सिंह दुई हजार पाँच सय मत ल्याएर चाैथाे भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)