विद्यालाई रोक्न एमालेमा उमेरहद हटाउने
nagariknews.nagariknetwork.com · Sun Jul 13 16:39:44 GMT 2025

विधान महाधिवेशनको मिति तोकिएपछि नेकपा (एमाले)भित्र उमेरहद नराख्ने गरी बहस सुरु भएको छ । नेतृत्वको जामलाई हटाउने र समयानुकूल बनाउने गरी एमालेले यसअघि ल्याएको ७० वर्षे उमेरहदलाई हटाउने गरी छलफल सुरु भएको हो । एमालेले राजनीतिमा उमेरहद निर्धारणलाई महत्त्व दिँदै आएको थियो । तर, पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा सक्रिय हुने घोषणासँगै उमेरहद नलाग्ने प्रस्ताव अघि सारिएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजाने बताएपछि पार्टीभित्र नेताहरू अनन्तकालसम्म सक्रिय हुने अवस्था सिर्जना हुनेछ ।
पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी सदस्यता नवीकरण गरेको र सक्रिय राजनीति अगाडि बढाउने भण्डारीको १४ असारको घोषणापछि एमालेभित्र हलचल पैदा भएको छ । जसका कारण संस्थापन पक्षले ७० वर्षे उमेरहद हटाउन नेता कार्यकर्तासँग लबिङ सुरु गरेको छ । एमालेमा विद्याको भावी रणनीतिलाई लिएर चौतर्फी चासो छ । आगामी महाधिवेशनमा उनले आफूलाई एमालेको अध्यक्षको दाबेदारका रूपमा पेस गरिरहेका बेला उनलाई छेक्न र प्रधानमन्त्री केपी ओलीलाई नै अघि सार्न उमेरहद हटाउने तयारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)