यी हुन् बाढीबाट क्षतिग्रस्त विद्युत् आयोजना र सम्पर्कविहीन संख्या
onlinekhabar.com · Fri Aug 28 14:09:30 GMT 2026

१२ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढी प्रभावित आयोजनामा रहेका ९ सय ३४ जना सम्पर्कविहीन छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले उपलब्ध गराएको विवरण अनुसार रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको हो । यी आयोजनामा रहेका कर्मचारी तथा कामदार बाढी र पहिरोका कारण सम्पर्कविहीन बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)