रारामा अष्ट्रेलियन लगानीको लक्जरी रिसोर्ट खुल्दै, लगानी सम्मेलनमा सम्झौता
nayapatrikadaily.com · Mon Apr 29 08:12:00 UTC 2024

‘स्वर्गकी रानी’को उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ। राराको मुर्माटपमा एक अर्ब १० करोड रुपैयाँ लगानीमा खोल्न लागिएको पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले साझेदारी गर्ने भएको हो।
काठमाडौँमा आयोजना भइरहेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार ‘रारा रिसोर्ट’को लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)