रसुवा बाढीमा कोशी प्रदेशका १४० जना अझै बेपत्ता, १८ जना सम्पर्कमा
annapurnapost.com · Fri Aug 28 14:09:40 GMT 2026

सुनसरी : रसुवामा आएको बाढी तथा पहिरोमा परेर कोशी प्रदेशका विभिन्न जिल्लाका १४० जना नागरिक बेपत्ता भएका छन् । १५८ जना बेपत्ता भएकोमा १८ जना नागरिक परिवारको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएसँगै हाल कोशी प्रदेशबाट १४० जना नागरिक अझै बेपत्ता रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले जानकारी दिएका छन्।
डीआईजी खनालका अनुसार सम्बन्धित परिवारले दिएको जानकारीका आधारमा उनीहरू सम्पर्कविहीन भएको र रसुवामा आएको बाढी तथा पहिरोमा परी बेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ। बेपत्ता नागरिकको खोजी तथा उनीहरूको अवस्थाबारे थप जानकारी संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)