इस्टर बम विस्फोट घटना : सात वर्षपछि अनुसन्धान नयाँ मोडमा
ratopati.com · Thu Jul 09 08:49:32 GMT 2026

काठमाडाैँ । श्रीलङ्काको इतिहासकै सबैभन्दा घातक मानिएको सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा सात वर्षपछि अनुसन्धानले नयाँ मोड लिएको छ । एक समय देशको राज्य गुप्तचर सेवाको नेतृत्व गरेका सेवानिवृत्त मेजर जनरल सुरेश सल्लेमाथि सरकारले आक्रमणको योजनाकार भएको आरोप लगाएपछि घटनाको आधिकारिक विवरणमाथि गम्भीर प्रश्न उठेको छ ।
सन् २०१९ अप्रिल २१ मा चर्च र पाँचतारे होटलहरूलाई लक्षित गरी भएका आत्मघाती विस्फोटमा २७९ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । मृतकमध्ये ४५ जना विदेशी नागरिक थिए । तिनीहरूमा अस्ट्रेलिया, बेलायत, चीन, डेनमार्क, नेदरल्यान्ड्स, जापान र अमेरिकाका नागरिक पनि थिए । त्यसबेला सात सुन्नी मुस्लिम आत्मघाती आक्रमणकारीले इस्लामिक स्टेट (आइएस) बाट प्रेरित भएर आक्रमण गरेको सरकारी निष्कर्ष सार्वजनिक गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)