एडीबीले बढायो नेपालको आर्थिक वृद्धिको अनुमान, उर्जा उत्पादनमा सुधारले सकारात्मक प्रभाव
clickmandu.com · Thu Jul 09 09:20:36 GMT 2026

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले चालु वर्ष सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर यअघिको प्रक्षेपणभन्दा बढ्ने अनुमान गरेको छ ।
मध्यपूर्वमा जारी द्वन्द्व र त्यसका कारण ऊर्जा बजारमा आएको अवरोधले दक्षिण एशियाली अर्थतन्त्रमा देखिएको दबाबका बीच गत अप्रिलको अनुमान भन्दा नेपालको आर्थिक वृद्धिदर बढी रहने नयाँ अनुमान सार्वजनिक गरेको हो ।