कैलाली प्रहरीको हिरासतबाट भागेका आरोपित पुनः पक्राउ
baahrakhari.com · Thu Jul 09 09:22:34 GMT 2026

काठमाडौं । कैलाली प्रहरीको हिरासतबाट भागेका एक आरोपितलाई पुनः पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कैलालीकै टीकापुरका ३१ वर्षीय सञ्जय नगार्मी छन् । सञ्जयलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, लागुऔषध कसुरमा उनलाई केही दिनअघि पक्राउ गरिएको थियो । यही असार २१ गते हिरासतमा खटिएका प्रहरीलाई छल्दै उनी भागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)