च्याम्पियन्स लिग : एमबाप्पे र हालान्ड चम्किँदा रियल र सिटीको जित
barnanmedia.com · Wed Sep 09 22:49:43 GMT 2026
युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस जायन्ट रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेका छन् । सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो भने अर्को खेलमा म्यानचेस्टर सिटीले पोर्टोलाई २-० ले हरायो ।
घरेलु मैदानमा भएको खेलमा रियलले सुरुवातमै इन्टर मिलानका रक्षात्मक गल्तीहरूको भरपूर फाइदा उठाउँदै २५ मिनेट नपुग्दै दुई गोलको अग्रता बनाएको थियो । खेलको १४औँ मिनेटमा फ्रान्सेली कप्तान केलियन एमबाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै रियललाई अग्रता दिलाउनुभएको थियो । इन्टरका यान बिसेकले पछाडि फर्काएर दिएको पास नियन्त्रणमा लिन नसकेपछि ब्राहिम डियाजले बल खोसेर एमबाप्पेलाई पास उपलब्ध गराउनुभएको थियो, जसलाई सदुपयोग गर्दै २७ वर्षीय एमबाप्पेले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)