साफ जित्ने सपना
nepalnews.com · Mon May 25 04:15:49 GMT 2026
नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा उपाधिको सबैभन्दा नजिक पुगेको संस्करण कुन थियो? नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर अनिता बस्नेत भन्छिन्, “ सन् २०२२। तर, दुर्भाग्यवश हामी चुक्यौँ।”
त्यो संस्करण नेपालका लागि ऐतिहासिक रह्यो। समूह चरणमा नेपालले भुटान र श्रीलंकालाई सहजै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। त्यसपछि नेपाली महिला फुटबलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भरिभराउ दर्शकलाई साक्षी राख्दै इतिहासकै अविस्मरणीय क्षण आत्मसात् गर्यो। त्यो थियो, भारतविरुद्धको पहिलो जित।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)