उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’
nepallive.com · Fri Aug 28 14:19:00 GMT 2026

काठमाडाै - प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीपछि उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत बाढीपछिको अवस्थामा राज्यले गरेका प्रमुख काम तथा प्रगतिबारे जानकारी गराउँदै यस्तो बताएका हुन् ।
‘यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ । उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)