हतुवागढी खैराङमा अदुवा खेती विस्तार
ratopati.com · Wed Sep 09 23:01:34 GMT 2026

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ अदुवा खेती प्रवर्द्धन कार्यक्रम अगाडि बढाइएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा कोशी प्रदेश सशर्त अनुदानमार्फत प्राप्त रु १० लाख बजेटबाट वडा नं ४ खैराङस्थित लुङथुङ क्षेत्रमा ७९ रोपनीमा व्यावसायिक अदुवा खेती विस्तार गरेको हो । हतुवागढी वडा नं ४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खैराङ क्षेत्रमा उत्पादन हुने अदुवा उच्च गुणस्तरको मानिने भएकाले यसलाई प्राथमिकतामा राखेर क्षेत्र विस्तार गरिएको हो । “स्थानीय माटो र जलवायु अदुवा खेतीका लागि अत्यन्त अनुकूल छ । गुणस्तरीय उत्पादन हुने भएकाले किसानको जीवनस्तर सुधार्न अदुवा प्रवर्द्धन कार्यक्रम अघि बढाएका हौँ,” वडाध्यक्ष विष्टले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)