बाढी प्रभावितका लागि ७० लाख रूपैयाँ सहयोग गर्ने ‘मैक्सस नेपाल’ को घोषणा
himalpress.com · Fri Aug 28 14:16:28 GMT 2026

काठमाडौँ- हिमालय अर्गनाइजेसनअन्तर्गत रहेको MAXUS Nepal ले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
SAIC MAXUS Automotive Co., Ltd. चीनसँगको समन्वयमा घोषणा गरिएको सहयोगमध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने भएको छ। त्यस्तै बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी सामाजिक संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा प्रभावित क्षेत्रमा वितरण गरिने MAXUS नेपालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)