तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्रे
ratopati.com · Wed Sep 09 23:19:32 GMT 2026

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेको कालोपत्रेका बारेमा जानकारी दिएको हो ।
उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडक खण्डमा कालोपत्रे गर्ने काम अघि बढाइएको बताए । लक्ष्यअनुसार काम सम्पन्न हुन नसके पनि सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)