लोक सेवा आयोग अध्यक्ष निवृत्त
gorkhapatraonline.com · Thu Jun 18 00:15:26 GMT 2026

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उमेर हद पूरा गरी अवकाश प्राप्त गर्नुभएको छ । उहाँको नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिनका आधारमा ६५ वर्ष उमेर पूरा भएपछि अवकाश प्राप्त गर्नुभएको हो ।
आयोगका प्रवक्ता पुरुषोत्तम शर्माले शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन अनुसार उहाँको सेवा अवधि बाँकी रहे पनि नागरिकता प्रमाणपत्रमा किटिएको जन्मदिनका आधारमा ६५ वर्ष उमेर पूरा भएकाले अवकाशप्राप्त गरेको जानकारी दिनुभयो । आयोगले बुधबार नै उहाँको बिदाइ गरेको छ । आयोगले असार १ गते सोमबार आफ्नो ७६ औँ वार्षिकोत्सव मनाएको छ । स्रोतका अनुसार नागरिकतामा उल्लिखित उमेरका आधारमा अनिवार्य अवकाशको उमेर हद ६५ वर्ष पार भइसकेको ठहर भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सूचित गर्दै पत्र लेखेपछि उहाँ आयोगबाट बाहिरिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)