‘नेपालको सुधार एजेन्डामा सहयोग गर्न एडीबी पूर्ण प्रतिबद्ध छ’
onlinekhabar.com · Thu Jul 09 10:01:20 GMT 2026

नेपाल र एसियाली विकास बैंक (एडीबी) बीचको साझेदारी ६० वर्ष पुगेको अवसरमा एडीबी अध्यक्ष मासातो कान्दा ले हालै नेपाल भ्रमण गरेका छन् । सन् २०२५ देखि एडीबी अध्यक्ष रहेका कान्दा त्यसअघि जापानका प्रधानमन्त्री तथा अर्थमन्त्रीका विशेष सल्लाहकार समेत थिए । नेपालमा भर्खरै नयाँ राजनीतिक परिदृश्य विकास भएको अवस्थामा भ्रमण गरेर कान्दाले एडीबीले पनि सहयोगको नयाँ अध्याय सुरु गर्ने संकेत दिएका छन् ।
दुई दिने काठमाडौं बसाइमा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरी सरकारको महत्त्वाकांक्षी सुधार कार्यक्रमलाई सहयोग गर्ने र एडीबीको सहायता थप बढाउने प्रतिबद्धता जनाए । उनको भ्रमणकै क्रममा १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरका दुई ठूला ऋण सम्झौतामा हस्ताक्षर समेत भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)