बगर बनेको बजारमा अडिँदैन मन
gorkhapatraonline.com · Wed Sep 09 23:43:34 GMT 2026

नुवाकोटको त्रिशूली र तादी नदीको सङ्गमस्थल विदुर नगरपालिकाको निकै चहलपहल हुने देवीघाट बजार अहिले चकमन्न छ । त्यहाँ अहिले बजारनजिकै ढुङ्गामा कुँदिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक मात्रै सग्लो छ । यही भदौ १० गते आएको भोटेकोशी हिमबाढीले वितण्डा मच्चाएपछि देवीघाट बजार खण्डहरमा परिणत भएको छ । त्यहाँ भएका रुखसमेत सग्ला छैनन् ।
कल्पना नै नगरेको बाढीले अधिकांश घर पुरिएपछि तीन सयभन्दा बढी विस्थापित परिवारले नजिकैको होल्डिङ सेन्टरमा आश्रय लिएका छन् । लाखौँको सम्पत्ति रातारात रित्तिएपछि बाढीबाट बाँच्न सफल देवीघाट र ढुङ्गे बजारका बासिन्दा अब अर्कै ठाउँ सर्न चाहन्छन् । बर्सौं यहीँ जीवन बिताएकाको पनि मन अडिन सकेको छैन बगरमा बदलिएको बजारमा । फेरि पनि यस्तै विपत् आउन सक्ने भएकाले उनीहरू उचित ठाउँमा स्थानान्तरण हुन चाहन्छन् । होल्डिङ सेन्टरमा बसेको १५ औँ दिन पुग्दै गर्दा विस्थापित परिवार व्यवस्थित पुनस्र्थापनाको पर्खाइमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)