राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
kendrabindu.com · Thu Jul 09 10:17:19 GMT 2026

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि उनले सो विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)