नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
ratopati.com · Thu Jul 09 10:44:46 GMT 2026

काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का वडा सचिव हिरालाल काफ्लेले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सरकारी सेवामा नियुक्ति र बढुवा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
काफ्लेले अध्ययन नै नगरी भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएको र सोही आधारमा वडा सचिव पदमा कार्यरत रहेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।