आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने
nepalpress.com · Thu Jul 09 10:48:18 GMT 2026

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सचित कोष व्यवस्थापन प्रणाली’ (सुत्र) आज मध्यरातदेखि बन्द हुने भएको छ ।
उपमहालेखा नियन्त्रक यज्ञप्रसाद ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्थाअनुसार नै सुत्र प्रणाली बन्द गर्न लागिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)