ट्राउटपालन माछा : वार्षिक १२ लाख आम्दानी
barnanmedia.com · Thu Jul 09 10:46:33 GMT 2026

बागलुङको ताराखोला गाउँपालिका–४ का अध्यक्ष जीतबहादुर खत्री बिहान उठ्दा बित्तिकै ट्राउट माछा फर्ममा पुग्नुहुन्छ । खत्रीको बिहान माछा फर्मको सरसफाइ र दाना दिँदैमा बित्छ । दिनभर वडा कार्यालय र नागरिकको काममा खटिनुहुने उहाँ साँझ परेपछि माछाकै फर्ममा पुग्नुहुन्छ । ट्राउट माछापालनका लागि सफा पानी चाहिने हुँदा अध्यक्ष खत्रीले बिहान बेलुकाको समय बढी फर्मलाई दिँदै आउनुभएको छ ।
‘ताराखोला बहुउद्देश्यीय रेन्बो ट्राउट फर्म’ खोलेर माछापालन गर्दै आउनु भएका खत्री जनप्रतिनिधिसँगै ताराखोलामा अगुवा कृषकको रुपमा पनि परिचित हुनुहुन्छ । रसुवा पुगेर ट्राउट माछापालनसम्बन्धी तालिम लिएपछि खत्रीले व्यवसाय गर्न थाल्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)