नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
nagariknews.nagariknetwork.com · Thu Jun 18 00:58:35 GMT 2026

नारायणगढ–मुग्लिन सडकमा दुई तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुई तर्फी सञ्चालनमा आएको जानकारी दिए। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। रासस
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)