छ्याङदी हाइड्रोपावर कम्पनीको १००% हकप्रद सेयर आउने, प्रस्ताव अनुमोदन गर्न वैशाख २८ मा एजीएम
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : छ्याङदी हाइड्रोपावर कम्पनीले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले १००% हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा सभामा पेश गर्नेछ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७७–७८ को वार्षिक साधारण सभाबाट पारित भएको ४०% हकप्रद सेयर प्रस्ताव रद्द गरेर हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबाट १००% हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९–८० को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा गर्न कम्पनीले आइतबार वैशाख १७ गते बुक क्लोज गर्दैछ । वैशाख १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)