वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मानित
ratopati.com · Mon May 25 05:44:50 GMT 2026

काठमाडौँ । सङ्गीत क्षेत्रमा ख्याति कमाएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो ।
अर्गनाइजेसनका महासचिव डा. प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम, कत्थकलगायत लोककला प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)