पहिरो हटाइएपछि नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी गाडी सञ्चालन
himalpress.com · Thu Jun 18 01:15:35 GMT 2026

काठमाडौँ- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ को तुइनखोलामा खसेको पहिरो हटाइएपछि दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ। बुधबार राति करिब ९ बजे अचानक पहिरो खस्दा यो सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका थिए। रातभर यात्रीले सास्ती पाएका थिए।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार रातभरि डोजर तथा प्राविधिक टोली परिचालन गरी पहिरो पन्छाउने काम गरिएको थियो। सडकमा थुप्रिएको माटो, ढुङ्गा तथा गेग्रान हटाएपछि बिहीबार (आज) बिहानदेखि दुवैतर्फ सवारी साधन सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)