संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ
nepallive.com · Thu Sep 10 00:35:00 GMT 2026

काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १:१५ बजे बस्ने कार्यक्रम छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)