आमरण अनसनमा रहेकाहरु रुसी राजदुतावासको गेटबाट पक्राउ
nayapatrikadaily.com · Mon Apr 29 10:56:00 UTC 2024

रुसी सेनामा कार्यरत नेपालीहरुको परिवारले सेनामा रहेकाहरुको करार रद्द गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै रुसी राजदुताबास अगाडि प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका छन्।
११ दिनदेखि आमरण अनसनमा रहेका कृतु भण्डारी र सिरानी घर्तीसहित ६ जनालाई बालुवाटारबाट प्रहरीले पक्राउ गरी मालीगाउँस्थित प्रहरी हिरासतमा राखेको छ। पक्राउ पर्नेहरुमा उनीहरुबाहेक रोजी पुन, मोहन भट्ट, उषा खत्री र देवेन्द्र भट्ट छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)