सामुदायिक विद्यालय र विद्यार्थी संख्या किन घट्दै छ?
nepalnews.com · Thu Sep 10 00:52:05 GMT 2026

काठमाडौं। नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा सामुदायिक विद्यालयको संख्यामा उल्लेख्य गिरावट आएको छ। सरकारी तथ्यांकअनुसार सामुदायिक विद्यालयको संख्या २७ हजार ८ सय १३ बाट घटेर २५ हजार ६ सय २३ मा झरेको छ। यस अवधिमा कुल २ हजार १ सय ९० विद्यालय अभिलेखबाट हटेका छन् भने करिब ८ सय विद्यालय समायोजन वा मर्जर प्रक्रियामा परिसकेका छन्।
विद्यालय संख्या घट्नुको मुख्य कारण सरकारले अघि सारेको विद्यालय नक्सांकन र समायोजन नीति हो। आर्थिक सर्वेक्षण २०८१/८२ ले पनि विद्यालय गाभ्ने प्रक्रियालाई यसको प्रमुख कारण मानेको छ। सरकारले स्रोतसाधनको एकीकृत उपयोग र गुणस्तरीय शिक्षाका लागि यो नीति आवश्यक रहेको तर्क गर्दै आएको छ। चालु आर्थिक वर्षमा विद्यालय समायोजनका लागि ४५ करोड र नक्सांकनका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)