‘विपतको पीडा राजनीतिक हतियार नबनाऔँ’
gorkhapatraonline.com · Thu Sep 10 00:49:43 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपतको पीडालाई राजनीतिक हतियार बनाउने छुट कसैलाई नभएको बताउनुभएको छ । प्रतिनिधि सभामा विशेष समय लिएर सभापति लामिछानेले विपत्लाई अवसर बनाएर एकापसमा आरोप प्रत्यारोप गर्ने र राजनीतिको रोटी सेक्ने समय अहिलेको नभएको बताउनुभयो । उहाँले सङ्कटको समयमा विपक्षी दलबाट प्राप्त भएको प्रतिबद्धता र उद्घोष परिपक्व राजनीतिक संस्कार भएको समेत बताउनुभयो ।
प्रतिनिधि सभामा सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “म सरकारले गरेका प्रयासमाथि प्रश्नै गर्न हुँदैन, कमजोरी औँल्याउन हुँदैन भन्दिनँ । प्रतिपक्षको रचनात्मक आलोचना लोकतन्त्रमा अधिकार मात्र होइन, कर्तव्य पनि हो । सरकारमाथि प्रश्न गरौँ, जवाफदेहिता मागौँ, कमजोरी सच्याउन दबाब दिऔँ तर राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट हामी कसैलाई छैन । यो विपत्ति कसैका लागि राजनीतिक लाभहानिको विषय बन्नु हुँदैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)