पक्राउ पुर्जीविरुद्ध शेरबहादुर देउवाको रिटमा सुनुवाइ जारी
annapurnapost.com · Mon May 25 06:10:52 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा.आरजु राणा देउवाको पक्राउ पुर्जीविरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू र श्रीमती आरजुलाई पक्राउ पुर्जी जारी भएपछि सर्वोच्चमा रिट दायर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई रिटमा विपक्षी बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)