सडक सञ्चालानमा नआउँदा दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो
nepalsamaya.com · Thu Sep 10 00:48:00 GMT 2026

मुगु- अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी र झ्यारी–गमगढी सडक खण्ड विगत २० दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। विकट भूगोल र निरन्तरको वर्षाले गर्दा पहिरो पन्छाउन नसक्दा हिमाली जिल्ला मुगुको राष्ट्रिय सडक सञ्जालसँगको सम्पर्क विच्छेद भएको हो।
लामो समयदेखि यातायात ठप्प हुँदा जिल्ला सदरमुकाम गमगढीसहित आसपासका ग्रामीण भेगमा खाद्यान्न, खाना पकाउने एलपी ग्यास, निर्माण सामग्री तथा औषधिजस्ता अत्यावश्यक वस्तुको चरम अभाव सिर्जना भएको छ। बजारमा ग्यास र खाद्यान्न सकिएपछि सर्वसाधारणको भान्सादेखि होटेल व्यवसायसमेत नराम्ररी प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)