सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
makalukhabar.com · Thu Sep 10 01:15:06 GMT 2026

सुदूरपश्चिम । भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३० गते सो कार्यक्रम तय भएको जनाएको छ ।
संस्थाका प्रबन्ध निर्देशक सरस्वतीकुमारी खड्का भट्टले प्राकृतिक विपद्का कारण देश शोकमग्न र विषम परिस्थितिमा रहेकाले निर्धारित कार्यक्रम स्थगित गरिएकामा पुनः आयोजना गर्न लागिएको जानकारी दिइन् । कार्यक्रममा उनले राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, जोगेन्द्र पानवाला (शिवशङ्करप्रसाद रिजाल), मूलासाग (सुरेन्द्र केसी) लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)