विश्वकपका क्वाटरफाइनल खेलहरू आजदेखि, सेमिफाइनल पुग्न मोरक्को र फ्रान्स भिड्दै
himalpress.com · Thu Jul 09 01:05:29 GMT 2026
काठमाडौँ- फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदैछन्। क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो क्वाटरफाइनलमा आज राति पौने २ बजे फ्रान्स र मोरक्को खेल्नेछन् । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा खेलेका थिए ।
त्यस खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो क्वाटरफाइनलमा पर्सि राति पौने १ बजे स्पेन र बेल्जियम खेल्नेछन् । सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनल खेल खेल्न लागेको हो । स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् । सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल खेल्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)