‘आशा नमारौँ, सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ’ : सांसद न्यौपाने
nagariknews.nagariknetwork.com · Thu Sep 10 01:27:52 GMT 2026

रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारको प्रयास तीव्र भइरहेको रास्वपा सांसद श्रीराम न्यौपाने बताएका छन्। उनले सुरुङभित्र जीवनको सम्भावना अझै रहेको भन्दै उद्धारको प्रयास अन्तिम क्षणसम्म जारी राख्ने बताएका हुन्।
न्यौपाने भन्छन्, 'अस्थायी सडक सुरुङको मुखसम्म पुर्याएर एक्स्काभेटर र ह्विल लोडरमार्फत २४ घण्टा काम गर्ने योजना रहे पनि विद्युत् जडानमा भएको ढिलाइ, पहिरो, दलदल र ब्लास्टिङसम्बन्धी गतिविधिका कारण सडक विस्तारको काम निर्धारित स्थानसम्म पुग्न सकेन। आज थप दुईवटा एक्स्काभेटर साइटमा पुगेका छन् भने सडक सुरुङको मुखबाट करिब ४० मिटर नजिक पुगेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)