फिलीपिन्समा यात्रुवाहक फेरीमा भीषण आगलागी: ५ जनाको मृत्यु, ८७ बेपत्ता
annapurnapost.com · Thu Sep 10 01:34:15 GMT 2026

काठमाडौं : फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्।
'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ४२ जनालाई सकुशल उद्धार गर्न सफल भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)