स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित रसुवाबाट एक युवक पक्राउ
ajakoartha.com · Mon May 25 06:53:00 GMT 2026

काठमाडौं- रसुवाबाट प्रहरीले ४३ हजार अमेरिकी डलरसहित एक युवकलाई पक्राउ गरेको छ। उत्तरगया गाउँपालिका ६ बेत्रावती बजारबाट ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका ५ बस्ने ३७ वर्षीय सुशिल गुरुङ छन्। काठमाडौँबाट रसुवाको टिमुरेतर्फ जाँदै गरेको बा.प्र ०१-००६ ख ९५१५ नम्बरको बसबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)