सरोदवादक सुदर्शन ‘कलाक्षेत्रम’ बाट सम्मानित
nagariknews.nagariknetwork.com · Mon May 25 07:03:52 GMT 2026

सङ्गीत क्षेत्रमा ख्याति कमाएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ। राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो।
अर्गनाइजेसनका महासचिव डा. प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम, कत्थकलगायत लोककला प्रस्तुत गरेका थिए। यही मे १६ देखि २२ तारिखसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा दिएको थियो। निर्णायक भूमिका निर्वाह गर्न पुणे पुग]का उनलाई प्रतिष्ठित कलाक्षेत्रमबाट सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)