यी क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना
corporatenepal.com · Thu Sep 10 01:45:54 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले मौसम विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशसहित वाग्मती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ। यस्तै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षाको सम्भावना छ। सुदूरपश्चिमको पहाडी भूभागमा पनि केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)