कोरिया जान नपाएका युवाहरूले काठमाडौंमा गरे प्रदर्शन
annapurnapost.com · Mon May 25 07:20:19 GMT 2026

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
भाषा तथा सीप परीक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् । साथै उनीहरूले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकाहरूको फाइल पुनः रोजगारदातासम्म पुराउन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)