एसियाली खेलकुदको छनोट : नेपालले पहिलो खेल चीनसँग खेल्ने
annapurnapost.com · Mon May 25 07:31:43 GMT 2026
काठमाडौं : सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो।
घरेलु मैदानमा भएको संयुक्त अरब इमिरेट्स (यूएई) सँगको शृंखलामा टोलीमा स्थान बनाउन नसकेका रोहित पौडेल, सोमपाल कामी र करण केसीलाई समेट्दै क्यानले टोली घोषणा गरेको हो। सो शृंखलामा सहभागी गुल्सन झाले भने टोलीमा स्थान बनाउन सकेनन्। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा घोषित १४ सदस्यीय टोलीमा रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, साहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)