‘कुनै पनि शक्तिको प्रभावले हाम्रो सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न नदिऔँ’
nagariknews.nagariknetwork.com · Thu Jul 09 12:55:28 GMT 2026

महानायक राजेश हमालले सरकारको सय दिने कार्यकालको मूल्यांकन भाषणमा नभई काम र परिणामका आधारमा हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारले जनताको अपेक्षाअनुसार जवाफदेहिता, रोजगारी, न्याय र सुशासनमा ध्यान दिनुपर्ने उल्लेख गरेका हुन्।
उनले भनेका छन्, ‘कुनै पनि सरकारको पहिलो सय दिनको मूल्यांकन केवल उसका प्रतिबद्धता वा घोषणाहरूका आधारमा होइन, उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा हुनुपर्छ। आज नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)