तातोपानी नाकाबाट २१ लाख बढीको चिनियाँ खाद्यान्न बरामद
annapurnapost.com · Thu Jul 09 12:54:39 GMT 2026

सिन्धुपाल्चोक : चीनसँगको उत्तरी सीमा तातोपानी नाकाबाट भन्सार छली गरी ल्याईएको विभिन्न चिनियाँ खाद्यान्न बरामद गरेको छ। प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न चिनियाँ खाद्यान्नसहित एउटा टाटा योद्धा गाडी नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भोटेकोशी गाउँपालिका–२, तातोपानीस्थित अरनिको राजमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा बा.प्र. ०१–०२५ च ९६६१ नम्बरको टाटा योद्धा गाडीबाट भन्सार छलीका खाद्यान्न बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय कोदारी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तातोपानीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उक्त गाडी रोकेर जाँच गर्दा बिल–भर्पाइ तथा वैधानिक कागजातबिना ल्याइएका सामान फेला पारेको प्रहरीको भनाइ छ। बरामद सामग्रीको अनुमानित बजार मूल्य २१ लाख २५ हजार ७ सय रुपैयाँ रहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)