धोबीखोलामा हाम फालेकी महिलाको शव बल्खुमा भेटियो
baahrakhari.com · Thu Jul 09 12:59:28 GMT 2026

काठमाडौं । धोबीखोलामा हाम फालेकी महिलाको शव फेला परेको छ । कालोपुल र रातोपुलबीचको धोबीखोलामा ती महिलाले बिहीबार दिउँसो हामफालेकी थिइन् ।
उनको शव बल्खु वाग्मती नदीमा बग्दै गरेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले महिलाको पहिचान खुल्न भने बाँकी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)