झलनाथ-प्रकाण्ड भेट, वाम सहकार्यबारे छलफल
nepalpress.com · Thu Jul 09 13:07:31 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता प्रकाण्डबीच डल्लुस्थित खनाल निवासमा राजनीतिक छलफल भएको छ ।
खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार भेटमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति, वामपन्थी आन्दोलनको वर्तमान अवस्था, वामपन्थी शक्तिहरूबीच सहकार्यको आवश्यकता तथा कार्यगत एकतालाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा विस्तृत छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)