पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
rajdhanidaily.com · Thu Jul 09 13:10:53 GMT 2026

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार प्रतिवादी बनाइएका सबैलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठुलो आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग