झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, प्रहरीको गोली लागेर एक घाइते
nayapatrikadaily.com · Mon Apr 29 12:54:00 UTC 2024

लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो भिडन्त भएको छ। भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन्।
झापा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल–भारत सीमा नजिकै लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो। पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउण्ड हवाई फायर गरिएको र तैपनि प्रहरीमाथि आक्रमण भएपछि एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको ब्यूरोका एसएसपी गोविन्द थपलियाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)