नौबिसे नजिकै पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध
reportersnepal.com · Thu Sep 10 02:52:12 GMT 2026

काठमाडौं, भदौ २५ । धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका–७ सोपाङखोलामा पहिरो खसेपछि काठमाण्डौ–हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ ।
गएराति ९ बजेतिर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहानैदेखि चार वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सडक सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)