कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
kendrabindu.com · Thu Jul 09 13:33:09 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेडले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ ।
बैंकको गौमुल शाखा मार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ । भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)