बाल मन्दिर ठगीमा अनुसन्धानका लागि तीन दिन म्याद थप, यी हुन् पक्राउ पर्ने
nepalpress.com · Thu Jul 09 13:30:54 GMT 2026

काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जमिन भाडामा दिने भनी ठगीमा सङ्लग्न तीन जनालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले तीन दिनको अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले नेपाल बाल सङ्गठन र बाल मन्दिरसम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ तथा प्रहरी प्रतिवेदन समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी आशा श्रेष्ठ समेत भएको ठगी सम्बन्धी मुद्दाको अनुसन्धान गरेको थियो । त्यसक्रममा बाल मन्दिरबाट अनियमित रुपमा रकम लिई ठगी गर्ने तीनजना बुधबार पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)